गजल

आफ्नै खुल्ला परेली यी ब्युझाउदै छु अचेल
दिलको आगो आगोलेनै निभाउदै छु अचेल
 
नजरको  तिर लाग्यो भन्छन भन्ने हरु
नहेरेरै हेर्नेलाई सताउँदै छु अचेल
 
बाटो ढुकी बस्छन कोहि कोहि दैलो सामु 
नबोलेरै कसैसंग कराउदै छु अचेल
 
जल्नेहरु जलेकै छन् गोधुलीमा सधै
बाटो भरी आफै काँडा बिछ्याउदै छु अचेल
 
उज्यालोले धकेल्दै पर पर जीवन
दिन ढल्दा मनमा  हुरी चलाउदै छु अचेल
 
निचोर्दै जिन्दगीयो कुसंस्कारले  सधै
देखेका त्यी स्वाप्नाहरु भत्काउदै छु अचेल



कविता - सुन्यानुभुती


कुना र कन्दहरामा 
अझै बारुदको गन्ध आउँछ 
ढुंगामा पोतिएका आला रगतहरु
मेटिएका छैनन्
अझै भयले डेरा जमाएकै छ
कतै फेरी उहि आवाज
उहि चिच्याहट
उही निरिह स्वरहरु निस्कने त हैनन ?
 म  दाँया बाँया हेर्छु
पात झर्छ म तर्सन्छु
चित्कारहरु पनि बन्द भएछन
घाउ लाग्न छाडेछ क्यारे
निकै शान्त महसुस गर्छु
फेरी चारै तिर हेर्छु
सबै शुन्य लाग्छ
अनुभूति
बश सुन्यानुभुती
आकाश पनि गर्जन छाडेको छ
हागाँ हाँगामा गुण देखें
 बसाईं सरेका फर्केछन पन्छी 
चिरबिर सुन्न थालेको छू
लाछिएका हाँगाहरु नयाँ पालुवाहरु भर्दै छन्

मुक्तक

कोमल् थियो पथ्थर संग जोडीएछ जिन्दगानी 
प्रश्न बिहिन् उत्तर संग मोडिएछ जिन्दगानी 

सुवास पो बन्छु भन्थें हाँगा सुक्नु भन्दा पैले 
कैद बनि अत्तर संग छोडिएछ जिन्दगानी 
.

गीत


पुरानो त्यो बेथा फेरि बल्झायो र दुखेँ
शकुनीको चाल उसले रचायो र दुखेँ ||

चोट के हो बुझेको थें व्यथा झनै भोगें
आँखा बाट नदि बग्यो सम्हालेर रोकें
आजै ठुलो बिपत्तिले झुक्कायो र दुखें
सकुनिको जाल फेरी रचायो र दुखें ||

पुरानो त्यो बेथा फेरि बल्झायो र दुखेँ
शकुनीको चाल उसले रचायो र दुखेँ ||

अमिट भो रहर मेरो उडी चन्द्र छुने
दिन हो नंग्रा खियाउने रात एक्लै रुने
मस्त थिएँ चिर निद्रामा ब्युझायो र दुखें
सकुनिको जाल फेरी रचायो र दुखें ||


पुरानो त्यो बेथा फेरि बल्झायो र दुखेँ
शकुनीको चाल उसले रचायो र दुखेँ ||
                                       
                                       नरेश रोकाहा - ०७/१४/०१२ .  यु ए ई 

नेपाली बृहत शब्दकोष (download)


के तपाईं नेपाली सब्दकोषको खोजीमा हुनुहुन्छ ?
आउनुहोस तपाईलाई मैले प्रदान गरिदिन्छु यो सुबिधा | 
नेपाली शब्दकोष  download  गर्नको लागि मेरो तस्बिरमा क्लिक गर्नुहोस | 

नफक्रिदै झरेको फुल (गजल संग्रह )

नफक्रिदै झरेको फुल (गजल संग्रह )
cover download गर्न यहाँ क्लिक गर्नुहोस -  नफक्रिदै झरेको फुल (गजल संग्रह ) 

गजल लेख्न चाहनु हुन्छ ? गजल बारे जानकारी


गजलबारे                                                        ईश्वर दाहाल कविजी

साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो गजलको उद्गम स्थल अरबलाई मानिन्छ  अरबी भाषामा  को अर्थ वाणी को अर्थ नारी अल को अर्थ को वा सँग हुन्छ  गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैनतर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन्  गजलको शाब्दिक अर्थप्रेमिकासँगको कुराकानीस्त्रीको वाणीप्रेमिकाका विषयमा कुराकानीप्रणयवार्तायौवनानारीको वर्णन गर्नुप्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ  फारसी भाषामा गजलको अर्थहुन्छ नारीका कुरा  केही विद्वानहरुको तर्किक मान्यता के  भने गजल फारसी शब्द हो,जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत  वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्कप्राय सबै विद्वानहरुले राखेका छन 

लोक छन्द



गजल लेखनमा लोक छन्द हरु - आनन्द श्रेष्ठ

लोक – छन्द (साभार छन्द – पराग )
)असारे – झ्याउरे (+++++=१६)
जस्तै सानो  खेत सानो  बारी सानै  जहान
नगरी काम पुग्दैन खान साँझ  बिहान,
सवाई (+++ =१४)
जस्तै समय यो बगिर'न्छ नदी बगे जस्तै
मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै,
सेलो(++=)

मुक्तक

साथ दिएँ चोट लाग्दा तब साथी भएँ 
छोडी दिएँ छुरा रोप्दा अनि पापी भएँ 

नयनमा भ्रम रैछ सागर सुक्यो प्रितको 
उसको गल्ति मेरो दोषभै उसलाई घाती भएँ 

गजल


तिम्रो नजर कति साह्रो नशालु छ
ओठ पनि हेर त्यस्तै तिर्खालु छ


आवरण हेरी रहुँ लाग्छ मलाई 
नछिप्पिदै हेर कति बिषालु छ


शित जस्तै निर्मल रैछ त्यो तन पनि 
गंगा जस्तै त्यो दिल चोखो  कृपालु छ  


अतृप्त भो जिन्दगीयो माया बिना
बुझ्न पाए तिम्रो  मन न शंकालु 

गजल


झुलायौ हरेकपल गरेरै तमासा 
नसोधी नजिकनै सरेरै तमासा 

बदल्नै नसक्ने मनै त्यो कठोर भो 
समस्या नबुझ्दै टरेरै तमासा 

जलेको दिलैमा डढेलो लगायौ 
दुखीको खुशीयो हरेरै तमासा 

न सम्झ्यौ न बुझ्यौ न भोग्यौ संसार 
समाजको नजरमा परेरै तमासा 

थियो गर्नु पर्ने पुरा गर्छु भन्थ्यौ
 मनैमा बिषादी छरेरै तमासा 

मुतकारिब ( फउलुन * ४ )

गजल


न छु वार न त पार न त भयो कहीं बास
बिरक्त छु एक्लै यहाँ बैरी बन्यो मधुमास 

बियोगले छाती चिर्यो आँशु सागर बन्दै गयो 
न हर्ष छ न खुशी छ  सधै भएँ  उपहास 

प्रितको छालमा पौडी खेल्दा बिडम्बना डुब्न पुगें 
घेर्छ कालो बादलले  खुल्ला भयो न आकाश  

कुहिरोको काग सरि रुमलिएं तिम्रो प्रितमा 
न घाम आफ्नो न छायानै  बनाईगयौ  सर्बनाश 


मरेपछि  देह माथि  एक मुठी  माटो  राख्नु 
कात्रो खोलि हेरी दिनु जल्ने अघि मेरो लास  
                                       


    नरेश रोकाहा                                              
    दरौ २ कुन्चेबारी ,स्याङ्गजा                                              
    हाल : यु ए ई  

गीत


न आँशुमा न हासोमा अल्झे यहाँ
 न जालमा न पासोमा अल्झे यहाँ 

रुवायो नि मलाई आज मायाले लौ 
छली गयो जलाई आज मायाले लौ 
न खोजीमा न चासोमा अल्झे यहाँ 
न जालमा न पासोमा अल्झे यहाँ 

न आँशुमा ............................

नौजाले पो रैछ उ त बल्ल बुझें 
दुख्दा मुटु आँशुले म आफै रुझें 
न हर्षमा न नासोमा अल्झे यहाँ 
न जालमा न पासोमा अल्झे यहाँ 

न आँशुमा न हासोमा अल्झे यहाँ
न जालमा न पासोमा अल्झे य

गजल


तुवाँलोले नढाकिए घाम किन खोज्थें 
सत्य यहाँ पच्ने भए राम किन खोज्थें 


तृष्णा मेरो जिन्दगीमा अधुरो नै रह्यो 
तृप्त भा'को भए वर्षा याम किन खोज्थें


रहेछ यो जिन्दगानी अभावको खानी 
मन साटी चल्ने भए दाम किन खोज्थें 


सम्झनामा तड्पिएर बाँच्न गाह्रो हुन्छ 
समिपैमा भए तिमि खाम किन खोज्थें 


जुधाई हो जिन्दगानी लड्नै पर्छ हरपल 
बसी बसी पुग्ने भए काम किन खोज्थें 


पुर्खाजको महत्वनै नहुने भो भने 
ईतिहाँसको पाना भरि डाम किन खोज्थें 


दुनियामा मेरो प्रकाश फैलिएको भए
 रोशनीमा "नरेश"को नाम किन खोज्थें 
 ·  ·  · Share · Delete

गजल


जून रुदै पुर्णिमामै आँशु नझार भन्दै थियो |
चिहान बाट पुर्बजले  बस्ति नसार भन्दै थियो ||

तयारी म गर्दै थिएँ आफ्नै जातको राज्य सर्न 
जन्मेको यो पखेराले माया नमार भन्दै थियो ||

यै धुलोमा हुर्कें बढें यहि मुलको पानी पिउथें
 डुबुल्की म मार्ने खोला खुशी नतार भन्दै थियो || 

पौरखले बनाएको सिंगो देश हो हाम्रो नेपाल 
ईतिहाँसको पाना पनि नझुक् नहार भन्दै थियो ||

सबै हामि नेपाली हौ छिन्नभिन्न हुनु हुन्न 
यौटै छानो आकाशले बस्ति नबार भन्दै थियो ||

..............................
 ·  ·  · Share · Delete
    • स्याङ्जाली रमेश वाह
      न रुदै पुर्णिमामै आँशु नझार भन्दै थियो |
      चिहान बाट पुर्खजले बस्ति नसार भन्दै थियो ||
      22 May at 20:52 ·  · 1
    • अज्ञात मित्र ‎-----------
      यौटै छानो आकाशले बस्ति नबार भन्दै थियो ||
      बस्, बुझ्नेलाई श्रीखण्ड छ एउटै हरफमा....बधाई मित्र..
      22 May at 21:04 ·  · 1
    • Sajana Gurung नरेश जी , गजल सन्देशमुलक र समय सान्दर्भिक लाग्यो र एक असल नेपालीको दिलको आवाज हो यो ! हरेक पक्षबाट गजल उत्कृष्ट बनेको छ !
      धन्यबाद
      23 May at 01:09 ·  · 1
    • Ramesh Biman सबै हामि नेपाली हौ छिन्नभिन्न हुनु हुन्न
      यौटै छानो आकाशले बस्ति नबार भन्दै थियो ...वाह !!
      23 May at 02:25 ·  · 1
    • अज्ञात पाल्पाली वा ! क्या मजा को भाव अती नै मन पर्‍यो यो साहित्यिक मन जस्तै सबै को भै दिए
      यो सुन्दर गजल जस्तै सुन्दर नेपाल हुने थियो बधाई छ नरेश जी ! शुभ पल ...........
      23 May at 02:34 ·  · 1
    • Hamal Thakuri ‎.. मक्ताको भावले सबैलाई छुनुपर्छ, छुनसकोस !
      विखण्डित मनहरुमा चेतना जगाउँदै सद्भाव र मित्रताको डोरीले बाँधोस !
      सुन्दर र महत्वपूर्ण सन्देशमुलक गजल सँगै सम्झानुभएकोमा हार्दिक धन्यबादNaresh जी' ।
      23 May at 04:13 ·  · 1
    • Aabaj Sharma समसामयिक र कलात्मक गजल लाग्यो । भाव पक्षमा आफ्नो रिजर्वेशन हुनसक्ला । समग्रमा गजल मीठो बनेको छ ।
      23 May at 04:52 via Mobile ·  · 1
    • Purna G. Muskan aaha,
      Gajalka harek ser harule man lute guru . Matala batai..... Nithrukkai vaiyo... Badhai 6 guru dhanyabad
      23 May at 05:35 via Mobile ·  · 1
    • Naresh Rokaha धन्यबाद स्याङ्जाली रमेशअज्ञात मित्र सागरSajana Gurung Ramesh Biman , अज्ञात पाल्पाली , Hamal Thakuri Purna G. Muskan Aabaj Sharma गुरु , उत्साजनक प्रतिक्रियाको लागि ,
      23 May at 07:24 ·  · 2
    • Starhang Bantawa 'jalan' यतिबेला यस्तै यस्तै गजलहरु जन्मनु आवश्यक छ ।यति भने अहिले गजल प्रभाबशाली बनेको छ । "झुत्रेजेठा"
      23 May at 07:45 via Mobile ·  · 1
    • Sandeep Dhakal Deep mitho gajal badhaai chha hajur!!
      23 May at 08:26 ·  · 1
    • Bharat Poudel पाठकले रचनाको अर्थ आफ्नै हिसाबले लाउलान उही कुरा कतिलाई राम्रो लाग्ला कतिलाई नराम्रो तर मलाई औधी राम्रो लाग्यो नरेश जी ।
      23 May at 08:41 ·  · 2
    • Pawan Gharti Magar Bibash देशमा द्दन्द प्रतिद्दन्द चेलेको बेला यस्ता गजले सचेतनाको बाटो देखाओस्!
      भन्दै बधाई दिए नरेश जी।
      23 May at 09:00 via Mobile ·  · 1
    • Indra Narayan Chongbang नरेश जी साँची सुन्दर गजल.. सेवारो
      23 May at 14:36 ·  · 1
    • Kiran T. Limbu ‎"जून रुदै पुर्णिमामै आँशु नझार भन्दै थियो |"
      यहाँ म अली अल्मिएँ, 'पुर्णिमा, लाई किन एउटा रोएको प्रतिकात्मक बिम्बमा राख्नु भयो?

      "तयारी म गर्दै थिएँ आफ्नै जातको राज्य सर्न " यो मिसराको भाव अहिलेको समय सान्दर्भिक भएन की , यस्तो साम्प्रादायिक भाव नराख्नु नै उचित हुन्छ है । बाँकी सबै सेरहरु सुन्दर छन् । नरेशजी।
      23 May at 15:00 ·  · 2
    • Sannidhya Myagdi लाठा मुंग्रा थन्क्याएर यसरी हम्ब्ली आफ्ना कुरा गर्न सक्ने त्यो पात्र/वस्तु/मानकलाई बधाई
      23 May at 15:01 ·  · 1
    • कल्पना भावुक gajalko bhaabma dubirahe pragatiko kamana.
      23 May at 16:16 ·  · 1
    • दीप दर्शन पौरखले बनाएको सिंगो देश हो हाम्रो नेपाल
      ईतिहाँसको पाना पनि नझुक् नहार भन्दै थियो ||

      dami 6 gazal
      23 May at 19:09 ·  · 2
    • Surya Chemjong Mitho gazal....badhai Naresh Rokaha g...
      23 May at 22:39 ·  · 1
    • Nirmala Khadka उत्कृस्ट गज़ल भन्न रुचाए !
      23 May at 23:35 ·  · 1
    • Tika Khadka Rashtrapremi मतलाको सानिमा "चिहान बाट पुर्बजले" भन्दा बहु बचन पुर्बज भन्ने बित्तकै बहुबचन त्यसै हुने देखे मैले अनि "भन्दै थियो" ले एक बचन को भाब बोल्दै छ है सर एकै हरफमा एक बचन र बहु बचनको ताल मेल अलि मिल्दैन भन्ने मेरो विचार |

      बाकी अरु साथीले भनी सक्नु भएको रहेछ |

      सदा प्रगतिको कामना गर्दछु सुभ रात्री |
      24 May at 00:12 ·  · 1
    • कुमार जी आयुष भाब उत्कृष्ट लाग्यो....समग्रमा राम्रो गजल भन्न रुचाए !
      24 May at 14:56 ·  · 1
    • Maheshwar Pant marmik gajal hai bro!
      25 May at 16:08 ·  · 1
    • Naresh Rokaha धन्यबाद यहाँहरु सम्पूर्णलाई , मिठो प्रतिक्रियाको लागी ,Kiran दाजु , पुर्णिमामा चन्द्रमा पूर्णरुपमा देखिन्छ जसमा खुशी झल्किन्छ , जहाँ मैले रातको प्रहारको कुरा गरेको छु पुर्णिमाको ,मेरो बिबशता देखेर त्यो पनि रोएको छ भन्ने भाब लाई उठान गर्ने खोजेको थिएँ |
      25 May at 21:10 ·  · 1
    • Narayan Gaunle मेरो मनको भाव सुटुक्क खोसेर यति राम्ररी शब्दमा बुन्नुभएछ !
      28 May at 14:49 ·  · 1
    • Naresh Rokaha धन्यबाद Narayan Gaunle सर , खै कसरि खोसियो हेहेहे सायद नजिक नभएर होला |
      28 May at 19:44 · 
    • Tara Gautam sundar shrejana hajur keep it upp ...!!
      28 May at 20:27 ·  · 1
    • Jay Gaudel malai tapain ko samasamayik chet man pareo
      keep it up.
      29 May at 06:19 via Mobile ·  · 1
    • Dinesh Raj Gyawali समुसान्दर्भिक मीठो गजल ।
      31 May at 05:30 ·  · 1
    • Naresh Rokaha धन्यबाद यहाँहरु लाई |
      1 June at 00:52 ·