न छु वार न त पार न त भयो कहीं बास
बिरक्त छु एक्लै यहाँ बैरी बन्यो मधुमास
बियोगले छाती चिर्यो आँशु सागर बन्दै गयो
न हर्ष छ न खुशी छ सधै भएँ उपहास
प्रितको छालमा पौडी खेल्दा बिडम्बना डुब्न पुगें
घेर्छ कालो बादलले खुल्ला भयो न आकाश
कुहिरोको काग सरि रुमलिएं तिम्रो प्रितमा
न घाम आफ्नो न छायानै बनाईगयौ सर्बनाश
मरेपछि देह माथि एक मुठी माटो राख्नु
कात्रो खोलि हेरी दिनु जल्ने अघि मेरो लास
नरेश रोकाहा
दरौ २ कुन्चेबारी ,स्याङ्गजा
हाल : यु ए ई
नेपाली समय
..गृह पृष्ठ

















