लोक छन्द



गजल लेखनमा लोक छन्द हरु - आनन्द श्रेष्ठ

लोक – छन्द (साभार छन्द – पराग )
)असारे – झ्याउरे (+++++=१६)
जस्तै सानो  खेत सानो  बारी सानै  जहान
नगरी काम पुग्दैन खान साँझ  बिहान,
सवाई (+++ =१४)
जस्तै समय यो बगिर'न्छ नदी बगे जस्तै
मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै,
सेलो(++=)
जस्तै पैले बाज्या पालामा
रुप्या गन्थे डालामा,
)मारूनी (++ १०)
जस्तै मेरो माया आउँछौ कि भनेर
भीरको बाटो सम्मै  खनेर,
)बालौरी (+  वा +=)
जस्तै ताराबाजी लै लै
मामा आए घोडा,
वा
सानी सानी छोरी 
काली ह्वैन गोरी 
)घाँसे (काठे भाका) (१८ देखि २१ अक्षर)
जस्तै आजै    घाँस काट्न गएँ टिकी  खस्यो पातमा
बैरागी ज्यानको मन बुझाई दिने कोही छन् कि साथमा,
)झ्याउरे १९ देखि २० अक्षर )
जस्तै गाइने दाइ आएर गाए सबैलाई धुरुरु रुवाए
बीस हुन्छ अक्षर भन्दै झ्याउरेमा सँसारै अटाए,