गजल


झुलायौ हरेकपल गरेरै तमासा 
नसोधी नजिकनै सरेरै तमासा 

बदल्नै नसक्ने मनै त्यो कठोर भो 
समस्या नबुझ्दै टरेरै तमासा 

जलेको दिलैमा डढेलो लगायौ 
दुखीको खुशीयो हरेरै तमासा 

न सम्झ्यौ न बुझ्यौ न भोग्यौ संसार 
समाजको नजरमा परेरै तमासा 

थियो गर्नु पर्ने पुरा गर्छु भन्थ्यौ
 मनैमा बिषादी छरेरै तमासा 

मुतकारिब ( फउलुन * ४ )