कुना र कन्दहरामा
अझै बारुदको गन्ध आउँछ
ढुंगामा पोतिएका आला रगतहरु
मेटिएका छैनन्
अझै भयले डेरा जमाएकै छ
कतै फेरी उहि आवाज
उहि चिच्याहट
उही निरिह स्वरहरु निस्कने त हैनन ?
म दाँया बाँया हेर्छु
पात झर्छ म तर्सन्छु
चित्कारहरु पनि बन्द भएछन
घाउ लाग्न छाडेछ क्यारे
निकै शान्त महसुस गर्छु
फेरी चारै तिर हेर्छु
सबै शुन्य लाग्छ
अनुभूति
बश सुन्यानुभुती
आकाश पनि गर्जन छाडेको छ
हागाँ हाँगामा गुण देखें
बसाईं सरेका फर्केछन पन्छी
चिरबिर सुन्न थालेको छू
लाछिएका हाँगाहरु नयाँ पालुवाहरु भर्दै छन्
नेपाली समय
..गृह पृष्ठ


















